Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • मिठाइ किन्दा नङ भेटिएकाे आँगन स्वीट्सलाई उन्मुक्ति?

    मिठाइ किन्दा नङ भेटिएकाे आँगन स्वीट्सलाई उन्मुक्ति?

    अनलाइन नेपाल
  • मंगलबार, २१ पुष २०७७
  • 2.3K
    SHARES

    काठमाडौं । मिठाइ किन्दा नङ भेटिएकाे आँगन स्वीट्सलाई उन्मुक्ति दिन चलखेल भइरहेकाे छ।

    गत साता नेपाल प्रहरीका ९ एसएसपीको डिआईजीमा बढुवा सिफारिस भएपछि खुसी साट्न बढुवा भएकामध्ये डा.देवबहादुर बोहराले आँगन स्वीट्सबाट किनेकाे मिठाइमा नङ भेटिएकाे थियाे



    लगत्तै एसएसपी बोहराले काठमाडौंका प्रहरी प्रमुख अशोक सिंहलाई फोन गरेर पसलमा छापा हान्न लगाएका थिए । कमलपोखरी वृत्तको टोली मिठाइ पसलमा पुग्यो । तर, यससम्बन्धि छानबिन र कारबाहीको अधिकार प्रहरीको नभएकाले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागलाई जानकारी गराइयो ।



    विभागले आएर निरीक्षण गर्दा सढेगलेको पिठोबाट मिठाई बनाउने गरेको खुल्यो । त्यो पिठो नष्ट गर्न लगाइयो र नमूना लियो । अहिले पनि त्यो मिठाइपसल चलिरहेकै छ । कुहिएको पिठोबाट बनेको मिठाई बिक्रि भइरहेको छ ।

    यो घटनाले नेपालमा उपभोक्ताहरु कति निरीह छन् भन्ने प्रष्ट हुन्छ । लड्डुमा मिठाई भेटिएको र कुहिएको पिठो प्रयोग हुने प्रष्ट हुँदा समेत त्यस्तो पसल निर्वाध रुपमा सञ्चालन गर्न दिइएको छ । नमुनाको रिपोर्ट नआएको भन्दै कारबाही समेत भएको छैन । जरिवाना गरेर आँगन स्वीट्सलाई उन्मुक्ति दिने चलखेल भइरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार