Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • सलमान खानका भाइ सोहेल र अरबाजविरुद्ध ऊजुरी दर्ता

    सलमान खानका भाइ सोहेल र अरबाजविरुद्ध ऊजुरी दर्ता

    अनलाइन नेपाल
  • मंगलबार, २१ पुष २०७७
  • 4.2K
    SHARES

    एजेन्सी । बलिउड अभिनेता सलमान खानका भाइ अरबाज खान, सोहेल खान र उनका छोरा निर्वाणविरुद्ध कोरोनाको नियम तोडेको भन्दै ऊजुरी दर्ता भएको छ । यी तीनैजना डिसेम्बर २५ मा संयुक्त अरब इमिरेट्स (यूएई) बाट भारत फर्किएका थिए ।

    उनीहरु इन्स्टिच्युशनल क्वारेन्टिनमा बस्नुको साटो आफ्नो घर गए । यद्यपि, उनीहरु तिनैजनामा कोरोनाको कुनै पनि लक्षण देखिएको छैन । अनुसन्धानपश्चात् प्रहरीले सोमबार तीनजना विरुद्ध ऊजुरी दर्ता गरेको छ ।



    स्रोतका अनुसार उनीहरु तीनैजनाको इन्स्टिच्युशनल क्वारेन्टिनको बन्दोबस्त मुम्बईको ताज ग्रान्ड होटलमा मिलाइएको थियो । उनीहरु त्यहाँ १४ दिनसम्म क्वारेन्टिनमा बस्नु पर्दथ्यो तर उनीहरु भोलिपल्टै अर्थात् २६ तारिखमा नै होटलबाट घर गए । त्यसपछि मुम्बई महानगरपालिका (बीएमसी) ले तीनजनाविरुद्ध ऊजुरी दर्ता गरेको छ ।



    एक हप्तासम्म अनुसन्धान गरियो । उनीहरु तीनैजनाको बयान पनि लिइएको छ । त्यसपछि नियम तोडेको आरोपमा ऊजुरी दर्ता भएको हो । महाराष्ट्रमा बेलायत, युरोपेली देश र यूएईबाट आउने सबै यात्रीलाई १४ दिनको इन्स्टिच्युशनल क्वारेन्टिनमा बस्नैपर्ने नियम बनाइएको छ ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार