Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

सन्दीप लामिछानेले विकेट लिएको खेलमा होबार्ट पराजित

एजेन्सी । अस्ट्रेलियामा जारी बिग बास लिगमा नेपाली खेलाडी सन्दीप लामिछानेले विकेट लिए पनि उनी आवद्ध टोली होबार्ट हुरिकेन्स पराजित भएको छ। लामिछानेको टोली होबार्ट आज भएको खेलमा मेलवर्न स्टार्ससँग १० रनले हार बेहोर्न पुग्यो ।

टस जितेर होबार्टले फिल्डिङ रोजेपछि मेलवर्नले पहिला ब्याटिङ गर्दै निर्धारित २० ओभरको खेलमा ६ विकेट गुमाएर १८३ रन बनायो । जितका लागि १८४ रनको लक्ष्य पछ्याएको होबार्टले ६ विकेट गुमाएर १७३ रन मात्र बनाउन सक्यो ।

होबार्टका लागि बेन म्याक डरमोटले ९१ रन बनाए । यस्तै डेभिड मलानले २६ तथा पिटर ह्यान्डकोम्बसले २१ रनको योगदान दिए । बलिङतर्फ मेलवर्नका लागि साम रेनबर्डले दुई विकेट लिएका थिए । यसअघि ब्याटिङ गर्ने क्रममा मेलवर्नका लागि मार्कस स्टोइनिसले अविजित ९७, हिल्टन काटराईटले ३६ तथा निकोलस पुरनले २६ रन बनाए । बलिङतर्फ होबार्टका लागि लामिछानेले एक विकेट लिए । उनले चार ओभर बलिङ गर्दै ३६ रन खर्चिए ।

लामिछानेले आफ्नो पहिलो ओभरमा तीन रन खर्चिएका थिए । दोस्रो ओभरमा दुई रन खर्चिदै लामिछाने एक विकेट लिन सफल भए । उनले मेलवर्नका कप्तान ग्लेन म्याक्सवेलको विकेट लिएका हुन् । लामिछानेले तेस्रो ओभरमा १२ तथा चौथो ओभरमा १९ रन विपक्षी खेलाडीलाई दिएका थिए ।

यस्तै होबार्टका लागि नाथन इलियसले तीन तथा रेली मेडरिटले दुई विकेट लिए । यसअघि शुक्रबार यस यामको बिग बास लिगमा आफ्नो पहिलो खेल खेल्दै लामिछानेले दुई विकेट लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077