Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • नवराज विकसहित ६ जनाको हत्यामा संलग्नलाई हदैसम्मको कारबाही हुन्छ : प्रधानमन्त्री ओली

    नवराज विकसहित ६ जनाको हत्यामा संलग्नलाई हदैसम्मको कारबाही हुन्छ : प्रधानमन्त्री ओली

    अनलाइन नेपाल
  • सोमबार, २० पुष २०७७
  • 2.4K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पश्चिम रुकुमको सोतीमा भएकाे ६ जनाको हत्यामा संलग्नलाई हदैसम्मको कारबाही हुने बताएका छन् ।

    प्रधानमन्त्री निवास बलुवाटारमा पीडितहरूसँग भएकाे भेटमा प्रधानमन्त्रीले देषीलाई कारबाही गर्ने कुरामा सरकारले कसैसँग मोलाइजा नगर्ने बताए । भेटमा मृतक छ जनाकै अभिभावक उपस्थित थिए ।



    गत १० जेठमा अन्तरजातीय बिहेको नाउँमा भएको उक्त घटनामा नवराज विक र उनका पाँच जना साथीको हत्या भएको थियो । उक्त मुद्दा अदालतमा विचाराधीन रहेको छ ।



    हत्यामा संलग्न पक्राउ परेका ३४ जनामध्ये ६ जनालाई अदालतले थुनामुक्त गरेको छ । अन्य छ जनालाई छोड्ने विषयमा उच्च अदालत सुर्खेतमा मत बाझिएपछि सर्वोच्चसम्म आइपुगेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार