Online Nepal
  • आइतबार, २८ पुष २०८१
  • नेपाल-भारत सीमा विवाद : भारतीय सुरक्षाकर्मीद्वारा गल्ती स्वीकार

    नेपाल-भारत सीमा विवाद : भारतीय सुरक्षाकर्मीद्वारा गल्ती स्वीकार

    अनलाइन नेपाल
  • सोमबार, २० पुष २०७७
  • 6.6K
    SHARES

    इलाम । भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले इलामकाे पशुपतिनगर हिलेभञ्ज्याङमा एकतर्फी रूपमा खम्बा गाढ्नु आफ्नो गल्ती भएको स्वीकारेको छ।

    इलामाकाे सूर्योदय नगरपालिकाका जनप्रतिनिधि, स्थानीय, सशस्त्र र जनपद प्रहरीको टोलीसँग एसएसबीले आइन्दा सहमतिबिना दशगजामा कुनैपनि गतिविधि नगर्ने प्रतिबद्धता जनाएकाे छ।



    सशस्त्र प्रहरीका अनुसार सूर्योदय नगरपालिका–२, पशुपतिनगरको हिलेभञ्ज्याङमा एसएसबीले नेपाल र भारतको सीमा भन्दै शनिबार राति एकलौटी रूपमा खम्बा गाढेको थियो।



    एसएसबीको गतिविधि थाहा पाएर आइतबार त्यहाँ पुगेका स्थानीयले प्रतिकार गरेपछि एसएसबी पछि हटेको थियो। एसएसबीले हिलेको ७१/११ देखि ७२/२५ नम्बर पिल्लरको बीचमा खम्बा गाढेको थियो।

    त्यही विषयलाई लिएर सोमबार बिहान सशस्त्र, जनपद प्रहरी र एसएसबी टोलीले संयुक्त गस्ती गरेको थियो। गस्तीपछि भएको अनौपचारिक छलफलमा एसएसबीले नेपाली टोलीसँग आइन्दा गल्ती नगर्ने प्रतिबद्धता गरेको सशस्त्र प्रहरी इन्स्पेक्टर नवीन खतिवडाले बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार