काठमाडौं । काठमाडौं उपत्यकामा थप १८५ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ।
संक्रमित हुनेमा ८२ महिला र १०३ पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यस्तै पछिल्लो २४ घण्टामा उपत्यकाकासहित देशभर थप ४०४ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको मन्त्रालयले जनाएकाे छ।
संक्रमित हुनेमा १५९ महिला र २४४ पुरुष छन्। यो सँगै नयाँ थपिएकासहित कोरोना संक्रमितको संख्या २ लाख ६२ हजार २६२ पुगेको छ। यस्तै २४ घन्टामा थप ४ हजार ४०१ स्वाब नमूना परीक्षण गर्दा ४०४ जनामा संक्रमण देखिएको पनि मन्त्रालयले जानकारी दिएकाे छ।
यस्तै सोमबार ५९४ जना डिस्चार्ज भएका छन्। योसहित हालसम्म कोरोना जित्नेको संख्या २ लाख ५५ हजार ८८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार निको हुनेको दर ९७.३ प्रतिशत हो। देशभर सक्रिय संक्रमितको संख्या भने ५ हजार २८९ रहेको छ। अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १८ सय ८५ पुगेको मन्त्रालयले जनाएको छ। सोमबार कोरोनाबाट थप ७ जनाको मृत्यु भएको छ।
Leave a Reply