रुकुम पश्चिम । रुकुम पश्चिममा तीन दिन देखि बेपत्ता पुरुषको शव फेला परेकाे छ ।
त्रिवेणी गाउँपालिका–१० टोड्केका ५४ वर्षीय हरिबहादुर खड्काको शव सोमबार बिहान भेटिएको हो ।
पुस १८ गतेदेखि परिवारको सम्पर्कविहीन भएका खड्काको शव सोमबार बिहान ७ बजे मुसीकोट नगरपालिका–१ स्थित हिलहाल्ने भीरमा भेटिएको प्रहरीले जनाएको छ । हरिबहादुरकै आफन्तले शव भेटिएको भनेर खबर गरेपछि प्रहरी घटनास्थल पुगेको थियो ।
घटनास्थलको अवलोकनपछिको प्रारम्भिक अनुसन्धानबाट लडेको हुन सक्ने खुल्न आएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी निरीक्षक कपिल शाहीले बताए ।
Leave a Reply