Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • छोरी बलात्कारको आरोपमा बुबा पक्राउ

    छोरी बलात्कारको आरोपमा बुबा पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, २० पुष २०७७
  • 2K
    SHARES

    विराटनगर । छोरी बलात्कारको आरोपमा विराटनगरबाट एक जना पक्राउ परेका छन् । आफ्नै १३ वर्षकी छोरी बलात्कारको आरोपमा प्रहरीले सुनसरीको बराहक्षेत्र नगरपालिका-९ का ५० वर्षीय पुरुषलाई पक्राउ गरेकाे हाे ।

    पक्राउ परेकाे उनकाे नाम गाेप्य राखिएकाे छ । उनकाे परिचय खुलेपछि बलात्कृत किशाेरीकाे पनि परिचय खुल्ने भएपछि प्रहरीले उनकाे परिचय गाेप्य राखेकाे हाे ।



    बलात्कारबाट बसेको गर्भ रहेपछि त्यही गर्भपतन गराउन छोरी लिएर अस्पताल गएका बेला उनी पक्राउ परेका हुन् । प्रहरी स्रोतका अनुसार ती पुरुषले गाउँमै गर्भपतनको प्रयास गरेका थिए। तर छोरीको अवस्था जटिल बनेपछि शुक्रबार विराटनगरको नोबेल मेडिकल कलेज पुगेकाे थिए ।



    अस्पतालमा उमेर नपुगेकी किशोरीलाई गर्भपतनका लागि ल्याएपछि स्वास्थ्यकर्मीले सोधिखोजी गरे । सोधीखोजीका क्रममा बुबाले करणी गर्दा गर्भ रहेको खुलेपछि आफन्तको सहयोगमा अस्पतालले प्रहरीलाई खबर गरेको हो ।

    जिल्ला प्रहरी कार्यालय मोरङबाट पुगेको प्रहरीले अस्पतालबाट पीडित किशोरीका बुबालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सुनसरीको जिम्मा लगाएको थियो । यसबारे थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार