Online Nepal
  • मंगलबार, ११ बैशाख २०८१
  • विप्लव समूहका दुई कार्यकर्ता पक्राउ

    विप्लव समूहका दुई कार्यकर्ता पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, २० पुष २०७७
  • 2.6K
    SHARES

    सुर्खेत । नेत्रविक्रम चन्द (विप्लव) समूहका दुईजना कार्यकर्ता कालिकोटबाट पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा नरहरिनाथ गाउँपालिका–९, कालीकोटका ३६ वर्षीय दुर्गबहादुर बोहोरा र भेरी नगरपालिका–२, जाजरकोटका पदमबहादर पुन रहेका छन् ।



    नरहरिनाथ गाउँपालिका–९, बाट विष्फोटक पदार्थसहित उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख डीएसपी चक्रबहादुर शाहले जानकारी दिए ।



    उनीहरूको साथबाट अर्धनिर्मित काठको एक थान बन्दुक, प्रेसर कुकर बम, तार, डेटोनेटर, पटाका, बम बनाउने सकेट, ब्याट्री चार्जर, सेफ्टी फ्युज, गन्धक, सोडा, निप्पो लाइट लोला, वायर कटर, टेलिफोन तार र केप बनाउन प्रयोग गरिने आल्मुनियम लगायतका विस्फोटक पदार्थ प्रहरीले नियन्त्रणमा लिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार