Online Nepal
  • आइतबार, २८ पुष २०८१
  • सिमानामा जबर्जस्ती पिलर गाढ्न खोज्दा लखेटिए भारतीय सुरक्षाकर्मी

    सिमानामा जबर्जस्ती पिलर गाढ्न खोज्दा लखेटिए भारतीय सुरक्षाकर्मी

    अनलाइन नेपाल
  • सोमबार, २० पुष २०७७
  • 3.5K
    SHARES

    काठमाडाैँ । पूर्वी सीमावर्ती क्षेत्रमा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले जबर्जस्ती पिलर गाढेपछि स्थानीयले प्रतिकार गरेका छन् ।

    सूर्याेदय नगरपालिकाको हिलेभञ्ज्याङमा एसएसबीले हिजो राति पिलर गाढेको थाहा पाएपछि त्यहीं पुगेर स्थानीयले प्रतिकार गरेका हुन् ।



    स्थानीयको हुलसहित सशस्त्र प्रहरी पुगेपछि एसएसबी आफूले गाढेको पिलर उखेलेर पछि हटेको छ ।



    सशस्त्र प्रहरी बलको पशुपतिनगरस्थित बोर्डर आउट पोस्ट (बिओपी)का इन्स्पेक्टर नवीन खतिवडाले एसएसबीले ग्लोबल पोजिसनिङ सिस्टम (जिपिएस)ले देखाएको ठाउँ भन्दै नेपाली भू–भागपट्टि पिलर गाढ्ने प्रयास गरेको बताए ।

    भारतले सीमाक्षेत्रमा राखेको एसएसबीको बिओपीमा नयाँ नेतृत्व आएपछि यहाँ पिलर गाढ्ने प्रयास गरेको उनले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार