Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • सोमबार देशका यी स्थानमा पानी पर्ने सम्भावना

    सोमबार देशका यी स्थानमा पानी पर्ने सम्भावना

    अनलाइन नेपाल
  • सोमबार, २० पुष २०७७
  • 2K
    SHARES

    काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले पश्चिमी वायुको प्रभावले अहिले मुलुकभर सामान्य बदली भइरहेकाे जनाएको छ ।

    महाशाखाका अनुसार सोमबार दिउँसो र राति देशका केही भागमा हल्का वर्षा हुने सम्भावना रहेको छ ।



    त्यस्तै उच्च पहाडी तथा हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको पनि विभागले जनाएको छ ।



    गिरावट आई देशैभरी चिसो बढ्ने सम्भावना रहेकाले चिसोबाट बच्न सजग रहनुहुन सबैमा अनुरोध छ।

    यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान

    पुस २० गते (सोमबार)

    दिउँसो : देशभर सामान्य बदली रही सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी, वाग्मती प्रदेश र प्रदेश १ का उच्च पहाडी तथा हिमाली भू-भागमा हल्कादेखि मध्यम हिमपातको साथै सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेशका भू-भागहरुका केही स्थानहरु तथा लुम्बिनी, वाग्मती र प्रदेश न. १ को भू-भागहरुका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।

    राति : देशभर सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू-भागमा हल्कादेखि मध्यम हिमपातको साथै सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका भू-भागहरुका केही स्थानहरु तथा लुम्बिनी, वाग्मती र प्रदेश नम्बर १ को भू-भागहरुका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।

    पुस २१ गते (मंगलबार)

    दिउँसो : देशभर सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू-भागमा हल्कादेखि मध्यम हिमपातको साथै सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेशका पहाडी भू-भागहरुका थोरै स्थानहरु तथा वाग्मती र प्रदेश नम्बर १ को भू-भागहरुका एक वा दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।

    राति : देशभर आंशिकदेखि सामान्य बदली रही सुदूर पश्चिम , कर्णाली, गण्डकी , वाग्मती प्रदेश तथा प्रदेश नम्बर १ का उच्च पहाडी तथा हिमाली भू-भागमा हल्कादेखि मध्यम हिमपातका साथै सूदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागहरुका केही स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।

    पुस २२ गते (बुधबार)

    दिउँसो : सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा सामान्य बदली तथा बाँकी प्रदेशहरुमा आन्शिक बदली रहने छ । सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरुमा तथा गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । साथै पश्चिमी उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

    राति : देशको पहाडी भू-भागमा आंशिक बदली रही एक वा दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । साथै पश्चिमी उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार