Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

संसद विघटनविरुद्ध आन्दोलन चर्काउने विद्यार्थी संगठनकाे चेतावनी

काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकटका युवा तथा विद्यार्थी संगठनले संघीय संसदकाे प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलन चर्काउने चेतावनी दिएका छन् ।

नेकपा पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पक्षनिकटका युवा तथा विद्यार्थी संगठनले आन्दोलन चर्काउने चेतावनी दिएका हुन्।

आइतबार बुटवलमा पत्रकार सम्मेलन गरेर उनीहरूले सडकबाटै राजतन्त्र फालेर गणतन्त्र ल्याएको तथ्य स्मरण गर्दै जनभावनाविपरीत गरिएको कार्यविरुद्ध सडकबाटै आन्दोलन गरेर संसद् पुनर्स्थापना गरेरै छाड्ने बताए ।

प्रतिनिधिसभा विघटन गरेर प्रधानमन्त्रीले संविधान च्यात्ने काम गरेको उनीहरूकाे आराेप छ। राष्ट्रिय युवा संघका पूर्वकेन्द्रीय उपाध्यक्ष राजु गुरुङले प्रधानमन्त्रीले संविधानमाथि ‘कु’ गरेर संविधान च्यात्ने काम गरेकाले त्यसका विरुद्ध आन्दोलन गर्न लागिएकाे हाे।

लोकतन्त्र, गणतन्त्र, संविधान बचाउन जरुरी रहेको चर्चा गर्दै उनले जनताको चाहना पूरा गरेरै छाडिने बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077