Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • ऊर्जामन्त्री रायमाझीले भने-प्रचण्डलाई सरकार ढाल्ने बानी परेको छ

    ऊर्जामन्त्री रायमाझीले भने-प्रचण्डलाई सरकार ढाल्ने बानी परेको छ

    अनलाइन नेपाल
  • आइतबार, १९ पुष २०७७
  • 1.9K
    SHARES

    फाइल फोटो

    अर्घाखाँची । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले देशलाई अस्थिरतामा धकेलेकाे आराेप लगाएका छन् ।

    प्रेस संगठन अर्घाखाँचीले आइतबार बिहान सन्धिखर्कमा गरेको पत्रकार सम्मेलनमा मन्त्री रायमाझीले आफ्नै पार्टीका अध्यक्ष केपी शर्मा ओलीको सरकारलाई असफल बनाउन प्रचण्ड–नेपाल सरकारबाहिर रहेका दलसँग गुहार माग्न गएको दावी गरे ।



    नेकपामा अहिलेकाे अबस्था आउनुमा पनि प्रचण्ड र नेपाल नै मुख्य कारक रहेको बताएका छन् । उनीहरुको व्यवहारले नेकपामा ठूलो दुर्घटना भएको रायमाझीकाे भनाइ थियाे ।



    विगतमा प्रचण्डले आफू नेतृत्वसहित आठवटा सरकार ढालेको जनाउँदै रायमाझीले अहिले ओली नेतृत्वको सरकार पनि ढालेर देशमा अस्थिरता र अराजकता निम्त्याउन खोजेको आरोप लगाए।

    उनले भने, ‘सेनापतिसँग निहुँ खोजेर आफ्नै सरकार ढाल्नुभयो, उहाँ (प्रचण्ड)लाई सरकार ढाल्ने बानी परेको छ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार