काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) (ओली समूह) का नेता रामबहादुर थापा ‘बादल’ ले संसद विघटन प्रधानमन्त्री केपी शर्मा ओलीको साहसिक कदम भएको बताएका छन् ।
आफ्नै पार्टीका नेताहरुले अविश्वासको प्रस्ताव ल्याएर राजनीतिक ‘कू’ गर्न खोजेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्ने राजनीतिक कदम चालेको उनले बताए ।
ओली समूहको काठमाडौं जिल्लास्तरीय भेलालाई सम्बोधन गर्दै गृहमन्त्री समेत रहेका बादलले आफूहरुको एजेण्डा, विचार, सिद्धान्त र नेतृत्व सही भएको भन्दै चुनावमा गएर प्रतिगमनकारीहरुलाई भण्डाफोर गर्नुपर्ने बताए ।
Leave a Reply