Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

जनार्दन शर्माले भने- ओली विदेशीको इशारामा चलेका कठपुतली हुन्

बिराटनगर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-माधव समूहका नेता जनार्दन शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि गम्भिर आरोप लगाएका छन्। नेता शर्माले ओलीमाथि कटाक्ष पाेखेका छन्।

बिराटनगरमा शनिबार आयोजित जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्वोधन गर्दै नेता शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीलाई लम्पसारवादी एवं कठपुतली भएको बताए।

शर्माले ओलीलाई विदेशीको इशारामा चलेको कठपुतली भएको समेत आरोप लगाए । शर्माले भने, ‘केपी ओली विषालु गोमन सर्प रहेछन्, उनले कम्युनिस्ट आन्दोलनलाई डसे ।’ ओलीको उपयोगिता सकिएपछि विदेशी शक्तिले नै सत्ताबाट फालिदिएको शर्माले आरोप लगाए ।

ओली लम्पसारवादी र विदेशीका कठपुतली हुन्’, शर्माले भने, ‘ओलीलाई अहिले जसले प्रयोग गरेको छ, उसैले आवशयकता सकिएछि ओलीलाई फालिदिन्छन् ।’ तर, ओलीलाई कुन विदेशी शक्तिले प्रयोग गरेको भन्नेबारे शर्माले खुलाएनन् ।

ओली कम्युनिष्ट आन्दोलनका लागि विषालु गोमन सर्प रहेको टिप्पणी उनले गरे । दुई समुहमा बिभाजित नेकपाका शिर्ष नेता देखी कार्यकर्ताहरु यतिबेला एक अर्कामाथि आरोप प्रत्यारोपमा उत्रिएका छन् ।

ओलीले गरेको संसद बिघटनको देशैभरीबाट बिरोध भएको छ ।

आजै एक कार्यक्रममा ओलीले प्रचण्ड–नेपाललाई लक्षित गर्दै भनेका थिए, 'भेट्नो कुहिएर झरेका दुई वटा फलले रुखै मै हुँ भन्ने ? प्रधानमन्त्री ओलीले  असली नेकपा आफैं भएको दाबी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077