Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

मन्त्री सवार गाडीले सर्वसाधारणलाई ठक्कर दिएर भाग्यो

जनकपुरधाम । नवनियुक्त शहरी विकासमन्त्री प्रभु साह सवार गाडीको ठक्करबाट सर्लाहीमा एक जना घाइते भएका छन्।

लालबन्दी नगरपालिका वडा नम्बर-८ चन्द्रपुर घर भएका ३५ बर्षीय बच्चु तामाङ घाइते भएका हुन् ।

पूर्व-पश्चिम राजमार्गको हरिवनमा मन्त्री साह सवार ना १ झ ३८४२ नम्बरकाे गाडीले ठक्कर दिएकाे हाे।

उनको कम्मर र खुट्टामा चोट लागेको छ । र स्थानीय स्वाभिमान अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

तामाङलाई मन्त्री साहको गाडीले ठक्कर दिएको सर्लाहीका प्रहरी प्रवक्ता मदन कुँवरले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077