Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बारामा कारको ठक्करबाट बाघको मृत्यु

बारा । जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १ स्थित आधारभार जंगल क्षेत्रमा कारको ठक्करबाट एउटा पाटे बाघको मृत्यु भएको छ ।

हेटौंडाबाट सर्लाही जाँदै गरेको बा १६ च ८११ नम्बरको कारले बाटो क्रस गर्दै गरेको पाटे बाघलाई आज बिहान ठक्कर दिदा मृत्युु भएको हो ।

कारको ठक्करबाट बाघको राजमार्गमै मृत्यु भएको बाराका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।

ठक्कर दिने कार चालक सर्लाहीका ५० वर्षीय अजय मिश्रलाई जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको टोलीले नियन्त्रणमा लिएर राष्ट्रिय निकुञ्जको जिम्मा लगाएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077