Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

आन्दोलन छाडेर निर्वाचनकाे तयारीमा लाग्न मन्त्री गुरुङको आग्रह

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले राजनीतिक दलहरूलाई आन्दोलन छाडेर चुनावको तयारीमा लाग्न आग्रह गरेका छन् ।

शुक्रबार मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्दै मन्त्री गुरुङले आन्दोलनरत दलहरुलाई चुनावको तयारीमा लाग्न आग्रह गरेका हुन ।

सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले भने, ‘सरकारले चुनावको तयारी गरिसकेको छ, निर्वाचन आयोगले समेत निर्वाचनको तयारी गरिसकेको अवस्थामा प्रतिनिधि सभा पुनर्स्थापनाको आशा नगरी चुनावको तयारीमा जुट्नुस ।’

सरकारकाे सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि विभिन्न दलहरुले संसद विघटन असंवैधानिक कदम भएको भन्दै प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै सडक स‌घर्ष गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077