Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सर्वोच्च बारबाट एमिकस क्युरीमा अधिकारी र शाक्य छनाैट

काठमाडौं । सर्वोच्च अदालत बार एशोसिएसनले संसद विघटनसम्बन्धी रिटमा सर्वोच्चले मागेकाे एमिकस क्युरीका लागि नाम पठाएको छ ।

शुक्रबार सर्वोच्चका वरिष्ठ अधिवक्ताहरु खगेन्द्रप्रसाद अधिकारी र पूर्णमान शाक्यको नाम पठाएको सर्वोच्च अदालत बार एशोसिएसनका सचिव शुभनराज आचार्यले जानकारी दिए । अधिकारी सर्वोच्च बारका वर्तमान अध्यक्ष हुन् भने शाक्य नयाँ कार्यकालका लागि हालै निर्वाचित भएका हुन् ।

संसद विघटनविरुद्ध परेको रिटमा सर्वोच्चको संवैधानिक इजलासले नेपाल बार एशोसिएसनसँग ३ जना र सर्वोच्च अदालत बार एशोसिएसनसँग २ जना एमिकस क्युरी माग गरेको थियो ।

संसद विघटनबिरूद्ध परेकाे रिटमा सर्वोच्च अदालतले पुस २२ गतेका लागि पेशी तोकेको छ र त्यसपछि निरन्तर सुनुवाइ हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077