Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • प्रचण्डले विभिन्न माध्यमबाट दिल्लीको समर्थन खोजिरहेको भारतको दाबी

    प्रचण्डले विभिन्न माध्यमबाट दिल्लीको समर्थन खोजिरहेको भारतको दाबी

    अनलाइन नेपाल
  • बिहिबार, १६ पुष २०७७
  • 2.3K
    SHARES

    एजेन्सी। नेपाल कम्युनिष्ट पार्टीको विभाजन रोक्न काठमाडौं आएका चिनियाँ राष्ट्रपतिका दूत चार दिनको कडा परिश्रमपछि घर फर्केका छन्।

    भारतीय संचारमाध्यमका अनुसार चिनियाँ राष्ट्रपति सि जिनपिङको सन्देश लिएर नेपाल आएका चिनियाँ प्रतिनिधिमण्डल निराश भएर फर्केका हुन ।



    उक्त प्रतिनिधिमण्डलमा चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपप्रमुख सहित चिनियाँ नेताहरू पनि सम्मिलित थिए जसलाई नेपालको राजनीतिमा चिनियाँको पकड कमजोर नहोस् भनेर नेपाल पठाइएको थियो।



    चीनले नेपालमा कम्युनिष्ट शक्ति मार्फत आफ्नो एजेन्डा पुरा मात्रगरेको थिएन, नेपाललाई भारतबाट टाढा राख्न सबै प्रयास गर्दै आएको थियो ।

    तर, चीनले सबैभन्दा बढी भरोसा गरेका नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सि जिनपिङका दूतलाई नेपालको आन्तरिक मामिलामा हस्तक्षेप नगर्न निर्देशन दिए।

    जुन चीनको लागि कुनै आघात भन्दा कम छैन। कम्युनिष्ट पार्टी सधैं चीनको प्राथमिकतामा रहेको छ। ओली अब चीनको लागि महत्त्वपूर्ण रहेनन् ।

    जब चीनले ओलीलाई पद त्याग्न आग्रह गरे, ओली पनि चीनको बारेमा सतर्क भए। यसपटक पनि सि जिनपिङका दूतको एजेन्डा ओलीलाई अलग गर्नु र प्रचण्डलाई कुर्सीमा राख्नु थियो। तर, चीन  त्यसमा सफल हुन सकेन। र उसको प्रतिनिधिमण्डल खाली हात फर्कनुपरेको थियो।

    चीनको समर्थनमा भारतसँग दुश्मनी मोलेका प्रचण्डले फेरि सत्तामा जान भारतलाई सम्झेका छन्। प्रचण्डले विभिन्न माध्यमबाट दिल्लीको समर्थनका लागि अनुरोध गरिरहेका छन् ताकि उनी ओलीलाई हटाएर प्रधानमन्त्री बन्न सकुन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार