Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नेपालकाे पछिल्लाे राजनीतिक घटनाक्रम आन्तरिक मामिला हाे : अमेरिकी दूतावास

काठमाडौं । प्रतिनिधिसभा विघटनलगायतका नेपालमा विकसित राजनीतिक घटनाक्रमलाई लिएर अमेरिकाले पनि मुख खोलेको छ ।

काठमाडौंस्थित अमेरिकी दूतावासले नेपालको पछिल्लो राजनीतिक घटनाक्रमलाई चीन र भारतले जस्तै नेपालको आन्तरिक मामिला भनेको छ । यसअघि चीन र भारतले पछिल्लाे राजनीतिक घटनाक्रमलाई आन्तरिक मामिला भनेका थिए ।

‘यो नेपालका सार्वभौम संस्थाहरु र राजनीतिक दलहरुले आफ्नो लोकतान्त्रिक संवैधानिक प्रक्रिया र कानूनको शासनअनुरुप समाधान गर्ने आन्तरिक मामिला हो ।’ दूतावासकी प्रवक्ता आना रिची–एलेनले भनेकी छिन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो दल नेकपाभित्रको विवादका कारण पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि नेपालमा नयाँ राजनीतिक संकट देखा परेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077