काठमाडाैं । प्रहरीले गाई काटेको अभियोगमा ६ जनालाई पक्राउ गरेकाे छ ।
पक्राउ पर्नेमा काभ्रेपलाञ्चोककाे महाभारत गाउँपालिका-१ गोकुले बस्ने ५३ वर्षीय रत्न बहादुर जिम्बासहित ६ जना रहेका प्रहरीले जनाएकाे छ। उनीहरूलाई प्रहरीले बुधबार राति पक्राउ गरेको हाे ।
गाई काटेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय गोकुले र ईलाका प्रहरी कार्यालय मंगलटारबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेकाे हाे ।
करिब २५ केजी गाईको मासुसहित पक्राउ पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
Leave a Reply