काठमाडौं । संसद विघटनको विरोधमा नेकपा प्रचण्ड–माधव समूहले बुधबार स्थायी कमिटी बैठक राखेर संसद विघटनविरुद्ध दोस्रो चरणको आन्दोलन घोषणा गर्ने तयारी गरे पनि अन्तिममा आएर रोकिएको छ ।
नेपाली कांग्रेस, जनता समाजवादी पार्टी लगायतका राजनीतिक दलहरुसँग छलफल गर्नुपर्ने भएकाले तत्काल कार्यक्रम सार्वजनिक नगरिएको वताइएको छ ।अन्य दलहरुसँग पनि छलफल गरेपछि आन्दोलनका कार्यक्रम सार्वजनिकगर्ने तयारी भएको छ ।
संसद विघटनलाई असंवैधानिक भनेपनि कांग्रेस सभापति शेरबहादुर देउवा भने आन्दोलनबारे अलमलमा छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले आन्दोलनमा प्रचण्ड–माधव समूह लगायतसँग मिलेर जाने लबिङमा छ ।
जनता समाजवादी पार्टी (जसपा)ले पनि एकल रुपमा आन्दोलनको घोषणा गरेको छ ।
यता,प्रचण्ड पत्नी सीता अस्पताल भर्ना भएपछि प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्डबीच टेलिफोन वार्ता भएको हो ।
प्रचण्ड पत्नी सीता अस्पताल भर्ना भएपछि ओलीले टेलिफोन गरेका थिए । ओलीले फोन गरेर सिताको स्वास्थ्य अवस्था सोधेका छन् । पत्नी सीताको उपचारमा प्रचण्ड व्यस्त रहनु पर्ने कारणले पनि आन्दोलन केही दिन पर सर्ने अवस्था देखिएको छ।
Leave a Reply