Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रचण्ड–नेपाल समूहको आकांक्षा पूरा हुन दिँदैनाैं: ओली

नेपाल कम्युनिस्ट पार्टी (नेकपा ओली पक्ष) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफू मरे पनि प्रचण्ड–नेपाल समूहको आकांक्षा पूरा हुन नदिने उद्घोष गरेका छन् ।

काठमाडौँमा आफू पक्षीय सुदूरपश्चिम प्रदेशका कार्यकर्ताहरुको भेलालाई सम्बोधन गर्दै ओलीले भने,‘म मर्छु तर उहाँहरुको आकांक्षा पुरा हुन दिँदिन । चुनाब हुँदैन भन्नुहुन्छ तर अबको चुनावमा पत्तासाफ हुनुहुन्छ । अब चुनावको तयारी गर्नुस् ।’

उनले प्रचण्ड माधव पक्षलाई पनि चुनावको तयारीमा लाग्न सुझाव दिए । ओलीले सुझाव दिंदै भने–‘चुनावको तयारीमा लाग्नुहोस्, माइतीघरको चिसो भुइँमा बसेर रमिता नदेखाउनुहोस् ।’

प्रचण्ड–ओलीले पक्षले आफूसँग बहुमत भएको दाबी गरे पनि उनीहरुको बहुमत नभएको ओलीको भनाइ थियो । त्यस्तै, माधब नेपाल प्रचण्डको कार्यकर्ता मात्र भएको जिकिर गरे ।

उनले ताजा जनादेश लिन जनता कहाँ जाँदा कसरी लोकतन्त्र धरापमा पर्छ भनेर प्रश्न समेत गरे । उनले आफू नभएको भए नाकाबन्दीको सामना कसैले गर्न नसक्ने दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077