Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

मुख्यमन्त्री गुरुङले भने-प्रचण्ड-माधव समूहका मन्त्रीलाई हटाउँदिनँ

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रचण्ड-माधव समूहका मन्त्रीहरुलाई नहटाउने बताएका छन् ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा फुट आएसँगै प्रदेश सरकारहरु मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने र मन्त्रीहरु हटाउने होड देखिएको छ ।

तर गण्डकीमा प्रचण्ड माधव समूहले अविश्वासको प्रस्ताव ल्याएको छैन भने ओली समूहमा रहेका मुख्यमन्त्री गुरुङले अर्को समूहका मन्त्रीहरुलाई हटाएका पनि छैनन् ।

अहिले हटाउने योजना नरहेको उनले बताए ।

‘मलाई एकता नचाहिने भए उतातिरका मन्त्रीहरुलाई हटाइदिन सक्थेँ हटाएको छैन नि,’ नेपाल लिटरेचर फेस्टिभलको ‘प्रदेशबाट देखिएको देश’ सत्रमा मुख्यमन्त्री गुरुङले भने, ‘उहाँहरुले आफैं राजीनामा दिए मेरो केही लाग्दैन तर मैले उहाँहरुलाई हटाउँदिन ।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077