Online Nepal
  • शुक्रबार, १२ पुष २०८१
  • ५० वर्षीया महिलालाई चीनमा बेचेर फरार अभियुक्त पक्राउ

    ५० वर्षीया महिलालाई चीनमा बेचेर फरार अभियुक्त पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, १४ पुष २०७७
  • 3.1K
    SHARES

    फाइल फोटो

    काठमाडौं। मानव बेचबिखन अनुसन्धान व्यूरोले ५० वर्षीया महिलालाई गैरकानुनी रुपमा चीन पुर्‍याई अलपत्र  पारेर फरार भएका अभियुक्तलाई पक्राउ गरेको छ ।

    चीनमा व्यापार तथा रोजगार गर्ने प्रलोभनमा पारी ललाई फकाई गैरकानूनी रुपमा चीन पुर्‍याई मानव बेचबिखन गर्ने कार्यमा संलग्न रहेको अभियोगमा ललितपुर पाटन बस्ने काभ्रेपलाञ्चोक रोशी गाउँपालिका-४ घर भएका ३२ वर्षीय किरण तामाङलाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।



    तामाङले २०७६ पुस २५ गते त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट आफूसँगै चीनको सान्दोङ प्रान्त हेज शहरको ताङ-लो टोल बस्ने ताम्पु थोङ भन्ने चिनियाँ नागरिकको घरमा पुर्‍याई बिक्री गरेको खुलेको थियो।



    त्यसपछि ताम्पुले ती महिलालाई शारीरिक र मानसिक यातना दिई बन्धक बनाई राखेको सामाजिक संजाल मार्फत जानकारी पाएपछि  व्यूरो लगायत विभिन्न निकायको समन्वयमा गत कात्तिक १२ गते नेपाल फर्की पीडितले दिएको जाहेरीको आधारमा  तामाङलाई काठमाडौं महानगरपालिका-३ सानेपाबाट व्यूरोले पक्राउ गरेको हो ।

    तामाङबिरुद्द जिल्ला अदालत काठमाडौंबाट म्याद थपगरी आवश्यक अनुसन्धान भइरहेको  व्यूरोले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार