Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

मुख्यमन्त्री पौडेलद्वारा बागमती प्रदेशका उपनेता र सचेतक बर्खास्त

काठमाडौं। बागमती प्रदेशका दलका नेता तथा मुख्यमन्त्री डोरमणि पौडेलले उपनेता र सचेतकलाई बर्खास्त गरेका छन्।  मुख्यमन्त्री पौडेलले मंगलबार उनीहरुलाई हटाएका हुन् ।

पौडेलले उपनेता शालिकराम जमरकट्टेल र सचेतक बुद्धिमान माझीलाई बर्खास्त गरेका हुन ।

यसअघि मुख्यमन्त्री पौडेलविरूद्ध अविश्वासको प्रस्ताव दर्ता भएको थियो।

अविश्वास प्रस्ताव दर्तापछि आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जमरकट्टेल, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरूणप्रसाद नेपाल र सामाजिक विकास मन्त्री युवराज दुलालले राजीनामा दिएका थिए।

मुख्यमन्त्री पौडेल प्रधानमन्त्री तथा नेकपाको केपी शर्मा ओली समूहका हुन् भने जमरकट्टेल र माझी नेकपाको प्रचण्‍ड–नेपाल समूहका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077