काठमाडौं । नेकपा (प्रचण्ड–माधव) समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैशाखमा चुनाव पनि नहुने र त्यसपछि केपी शर्मा ओली प्रधानमन्त्री पनि नरहने दाबी गरेका छन् ।
संसद विघटनको विरोधमा नेकपाको प्रचण्ड–माधव समूहले मंगलबार काठमाडौंको भृकुटीमण्डपमा गरेको विरोधसभालाई सम्बोधन गर्दै प्रचण्डले भने–‘हुनेबाला चुनाव घोषणा भएकै होइन । चुनाव हुन्छ भन्नेमा स्वयंम केपी शर्मा ओलीलाई भरोसा छैन । चुनाव त हुँदैन, जबरजस्ती लैजाने भन्ने छ उहाँहरुको योजना छ ।’
ओलीले चुनाव गर्न मध्यावधि घोषणा नगरेको दावी गर्दै उनले भ्रममा नपर्न आग्रह समेत गरेका छन् । उनले भने–‘छँदोखाँदोको बहुमत छोडेर दुर्घटना गराउनेले चुनाव गराउँछन् ?’
‘मलाई लाग्छ, केपी ओली गोटी भएका हुन् । वैशाखपछि उनी प्रधानमन्त्री पनि रहँदैनन्, नेपालको राजनीतिक इतिहासबाट तिनको पत्तासाथ हुनेबाला छ । अनि उनीले नै श्री ३ महाराजधिराज हुन्छु भनेर हुन्छ ।’ प्रचण्डले भने ।
Leave a Reply