Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नेकपा नेता खनालले भने- ओलीले संविधानमाथि बलात्कार गरे, उहाँ लोकतन्त्रविरोधी नेता हुन

काठमाडाैँ । नेकपा प्रचण्ड–नेपाल समूहका नेता झलनाथ खनालले प्रधानमन्त्री लोकतन्त्रविरोधी नेता भएको बताएका छन्।

नेकपा प्रचण्ड–नेपाल समूहले प्रधानमन्त्रीको संसद् विघटन गर्ने कदमविरुद्ध आज आयोजना गरेको काठमाडौंको सभालाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री केपी ओलीले संविधानमाथि बलात्कार गरेको बताए।

उनले नेताका रूपमा केपी ओली एउटा गुटको मात्र नेता भएको पनि आरोप लगाए । उनले बालुवाटारमा एउटा गुट सक्रिय रहेको र त्यसले जे मन लाग्छ त्यही गरेको बताए ।

उनले आधिकारिक नेकपा आफ्नो समूह नै भएको बताए । लामो समयदेखिको आन्दोलनपछि प्राप्त भएको राजनीतिक अधिकार प्रधानमन्त्री ओलीले एकाएक ध्वस्त पार्न लागेको बताए ।

उनले ओलीमाथि पहिलेदेखि नै आशंका रहेको बताए । सोही कारण उनीबाट विश्वासघात भएको उनको ठहर छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077