Online Nepal
  • बुधबार, १० पुष २०८१
  • भारतमा पनि भेटियो कोरोनाको नयाँ भाइरस

    भारतमा पनि भेटियो कोरोनाको नयाँ भाइरस

    अनलाइन नेपाल
  • मंगलबार, १४ पुष २०७७
  • 3K
    SHARES

    एजेन्सी । पछिल्लो केही हप्तामा बेलायतबाट भारत फर्किएका ६ जनामा कोरोनाभाइरसको नयाँ प्रकार भेटिएको छ। समाचार एजेन्सी रोयटर्सका अनुसार कोरोनाको नयाँ प्रकार बढी संक्रामक भएको र यसका लागि पूरा संसार नै चिन्तामा परेका छन् ।

    कोरोनाको नयाँ प्रकार देखिएपछि थुप्रै देशले आफ्नो सीमा सीलसमेत गरेका छन्।



    भारतमा हालसम्म ६ जना व्यक्तिमा कोरोनाको नयाँ प्रकार भेटिएको बताइएको छ । उनीहरु सबैलाई भिन्न राखिएको छ । भारतको स्वास्थ्य मन्त्रालयले मंगलबार एक बयान जारी गर्दै सँगै आएका यात्रीको पहिचान गर्ने कार्य भइरहेको बताएको छ ।



    मन्त्रालयका अनुसार भारतले महिनाको अन्त्यसम्म बेलायतबाट आउने सबै उडानलाई रद्द गरेको छ तर नोभेम्बरको अन्त्यदेखि हालसम्म लगभग ३३ हजार यात्री भारत आइसकेका छन् ।

    मन्त्रालयका अनुसार यी मानिसहरुमध्ये ११४ जना कोरोनाभाइरसद्वारा संक्रमित पाइएका थिए । उनीहरुको नमूनामा नयाँ स्ट्रेनको अनुसन्धान भइरहेको छ । यो स्ट्रेन युरोप र एशियाका केही हिस्सामा पाइएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार