Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • सिआईबीद्धारा महालक्ष्मी बैंकको ७ करोड घोटालाका मुख्य आरोपित पक्राउ

    सिआईबीद्धारा महालक्ष्मी बैंकको ७ करोड घोटालाका मुख्य आरोपित पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, १४ पुष २०७७
  • 2.9K
    SHARES

    काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले ललितपुरको कुमारीपाटीस्थित महालक्ष्मी विकास बैंकमा भएको घोटालाका मुख्य आरोपीलाई पक्राउ गरेको छ ।

    सिआईबीको टोलीले पाल्पा घर भई चन्द्रागिरि नगरपालिका बस्ने ६७ वर्षीय पद्म ज्ञवालीलाई पक्राउ गरेको हो।



    सिआइबीका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) सहकुल थापाका अनुसार ७ करोड घोटालाका मुख्य आरोपित ज्ञवालीलाई सोमबार पक्राउ गरिएको हो ।



    ज्ञवाली सुन जाँचकी हुन्। ज्ञवालीमाथि बैंकका कर्मचारीहरूको मिलेमतोमा कम धितो राखी बढी ऋण प्रवाह गरेको आरोप लागेको छ ।

    सिआईबीले यस अघि नै घोटालाका प्रमुख ऋणीहरू र तीन जना तत्कालीन शाखा प्रबन्धकसहित ७ जना पक्राउ ‍गरिसकेको छ ।

    डिआईजी थापाका अनुसार अझै पनि ३/४ जना सहायक ऋणीहरू पक्राउ गर्न बाँकी छन् ।

    बैंकले पाँच हजार २२८ ग्राम सुन धितो राखेर ७ करोड ४२ लाख ऋण प्रवाह गरेको थियो ।

    उक्त रकम बराबरको कर्जाका लागि १७ हजार ५०० ग्राम सुन धितो राख्नु पर्नेमा ज्ञवालीले बैंकका कर्मचारीकै मिलेमतोमा कम धितो राखेर ऋण प्रवाह गरेपछि सिआइबीले अनुसन्धान अघि बढाएको थियो।

    अहिलेसम्म पक्राउ पर्नेमा तत्कालीन शाखा प्रबन्धक काठमाडौं महानगरपालिका–९ गौशालाकी ४२ वर्षीया स्मृति राना, पोखरा महानगर–९ घर भई चन्द्रगिर–११ सतुंगल बस्ने ३९ वर्षीया पिंकु पालिखे र ललितपुर महानगर–११ बस्ने ३७ वर्षीय अनिशसिंह सिंजापती छन्।

    खोटाङका पूर्ण राई र देवानन्द राईलाई प्रहरीले मंसिर २६ गते नै पक्राउ गरेको थियो। उनीहरू दुवै जना ललितपुरका सुन व्यवसायी हुन्।

    उनीहरूले राखेका कामदार सन्दीप लिम्बू पनि पक्राउ परेका थिए। उनी ललितपुर–१४ विशालचोका हुन्।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार