चितवन । नेपाली कांग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठले चितवन अब सबै काँग्रेसको ठाउँ भएको वताएका छन्। श्रेष्ठले नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई चितवनमा चुनाव लड्न कुनै पनि ठाउँ नभएको बताएका छन् ।
काँग्रेसले सोमबार क्षेत्र नं.२ अन्तरगत भरतपुरको चौविसकोठीमा आयोजित विरोध प्रदर्शनलाई सम्बोधन गर्दै सभापति श्रेष्ठले भने–‘तीन वटै निर्वाचन क्षेत्रमा काँग्रेसले जित्छ, प्रचण्डलाई चुनाव लड्ने अब ठाउँ छैन, अन्त्य ठाउँ खोज्दै गरे हुन्छ ।’
उनले आगामि निर्वाचनमा नेकपाका जो कोही नेताको लागि काँग्रेसका सामान्य उम्मेद्वार उठे पनि काँग्रेस विजयी बन्ने दावी गरे ।
उनले काँग्रेसको समर्थनमा छोरीलाई जिताएर मेयर बनाउँदा गरिएको बाचा सम्झदै अब प्रचण्डलाई काँग्रेसले साथ नदिने स्पष्ट पारे ।
उनले भने–‘बसपार्कमा भाषण गर्दै अब काँग्रेससँग अहिले मात्रै होइन दश वर्ष सहकार्य हुन्छ भन्दै गरिएको उद्घोष हामीले विर्षेका छैनौं, अब कसरी, कहाँ चुनाव लड्न आउनु हुन्छ हामी पनि हेरौंला ।’
Leave a Reply