Online Nepal
  • मंगलबार, ११ मंसिर २०८१
  • २ सय ९४ जना आइसियु र भेन्टिलेटरमा

    २ सय ९४ जना आइसियु र भेन्टिलेटरमा

    अनलाइन नेपाल
  • सोमबार, १३ पुष २०७७
  • 2.3K
    SHARES

    काठमाडौं । देशभर हाल २९४ जना कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा छन्। २५४ जना आइसियु र ४० जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

    प्रदेश १ मा १० आइसियु र ३ भेन्टिलेटरमा, प्रदेश २ मा ५ आइसियु र २ भेन्टिलेटरमा, बागमती प्रदेशमा १०७ आइसियु र २१ भेन्टिलेटरमा, गण्डकीमा ६५आइसियु र ४ भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा ५५ आइसियु र ८ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।



    यस्तै कर्णाली प्रदेशमा १० जना आइसियु र एकजना भेन्टिलेटरमा, सुदूरपश्चिम प्रदेशमा २ जना आइसियुमा र एकजना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ। यसअघि आइतबार आइसियु र भेन्टिलेटरमा रहने संक्रमितको संख्या २८८ जना थियो।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार