Online Nepal
  • बुधबार, १४ कार्तिक २०८१
  • योगेश भट्टराईले भने-प्रधानमन्त्री ओली सच्चिएर आए पुनः पार्टी एकता हुनसक्छ

    योगेश भट्टराईले भने-प्रधानमन्त्री ओली सच्चिएर आए पुनः पार्टी एकता हुनसक्छ

    अनलाइन नेपाल
  • सोमबार, १३ पुष २०७७
  • 2.2K
    SHARES

    नेपालगञ्ज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहका नेता योगेशकुमार भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली सच्चिएर आए पुनः पार्टी एकता हुन सक्ने बताएका छन् ।

    प्रेस सङ्गठन नेपालले आज यहाँ आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता भट्टराईले त्यसका लागि प्रधानमन्त्री केपी शर्मा ओली सच्चिएर आउनुपर्नेमा जोड दिए ।



    नेता भट्टराईले आफ्नो समूह अहिले पनि पार्टी एकताकै पक्षमा रहेको बताए ।



    सो समूहका स्थायी कमिटी सदस्य भट्टराईले संविधानमा कहीँकतै प्रधानमन्त्रीले संसद् विघटन गर्न सक्ने व्यवस्था नभएको विचार व्यक्त गरे ।

    निर्वाचन अहिले मुलुकका लागि आवश्यक नभएको तर्क राख्दै पूर्वमन्त्री समेत रहेका भट्टराईले प्रतिनिधिसभा विघटनको निर्णय सच्चिनेमा आफूहरु विश्वस्त रहेको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार