कैलाली । जिल्ला प्रहरी कार्यालय कैलालीले असई गोविन्द विक र जवान रामबहादुर साउँद हत्यामा संलग्न मुख्य अभियुक्त पक्राउ गर्न सफल भएको छ ।
पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका १०, चकमलीका करिब ३५ वर्षीय सुकबहादुर राना भनिने अमर राना छन् । उनलाई कैलालीको फुलबारीबाट पक्राउ गरिएको प्रहरी स्रोतको भनाइ छ ।
पक्राउ परेका रानालाई जिल्ला प्रहरी कार्यालय कैलालीले पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक गर्ने तयारी गरेको छ।
गत कार्तिक १ गते नियमित गस्तीमा खटिएका बेला अस्थायी प्रहरी पोष्ट धनगढी जुगेडाका इन्चार्ज प्रहरी सहायक निरीक्षक गोविन्द बिक र प्रहरी जवान रामबहादुर साउद वेपत्ता भएका थिए।
बिक कार्तिक २ गते नेपाल–भारत सीमा भएर बग्ने मोहना नदीमा विभत्स हत्या गरेको अवस्थामा भेटिएका थिए भने २ दिनपछि साउद पनि मोहना नदीमै हत्या गरेकै अवस्थामा फेला परेका थिए।
असई विक र जवान साउँदको तस्कर समूहले हत्या गरेको खुलेको थियो थियो ।
असई विकको शव घटना भएको भोलिपल्ट बिहान मोहना नदीमा फेला परेको र त्यसको दुई दिनपछि प्रहरी जवान साउँदको शव पनि मोहना नदीमै फेला परेको थियो ।
हत्यामा संलग्न ९ जनालाई प्रहरीले यसअघि नै पक्राउ गरिसके पनि मुख्य योजनाकार राना भने फरार थिए । राना तस्करी समुहका बादशाह रहेको खुलेको छ ।
Leave a Reply