Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • अनेरास्ववियू अलोकतान्त्रिक र असंवैधानिक ‘कु’ विरुद्धको लडाइँको नेतृत्व लिन तयार छ

    अनेरास्ववियू अलोकतान्त्रिक र असंवैधानिक ‘कु’ विरुद्धको लडाइँको नेतृत्व लिन तयार छ

    अनलाइन नेपाल
  • आइतबार, १२ पुष २०७७
  • 4.2K
    SHARES

    भिमप्रसाद आचार्य / घाइते अपांग, बेपत्ता योद्धाहरुको योगदान र महान सहिदहरुको बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र समाप्त गर्न प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्या देवी भण्डारीले चालेको अधिनायकवादी, असंवैधानिक, निरंकुश तानाशाही कदमको सिङ्गो अनेरास्ववियूको तर्फबाट घोर बिरोध तथा भत्सना गर्दछ ।

    यो कार्य जति निन्दा गरे पनि अपुग छ र यसका बिरुद्ध अनेरास्ववियु मसाल लिएर ओली र राष्ट्रपतिको असंवैधानिक कदमलाई जलाएर फर्किने छ।



    देखादेखी बहुमत केन्दिय सदस्य भएको पार्टी आधिकारिक हुने कुरा दल सम्बन्धी कानुनी व्यवस्था हुँदाहुँदै ओलीका केहि अराजक भरौटे र हनुमान ,गुन्डागर्दी ,तानाशाहको आत्माले चाहाँदैमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अल्पमतमा परेको केपी ओलीको झुन्ड हुनै सक्दैन ।



    तिमीहरुजस्ता अराजकलाई जनताले ठिक साईजमा ल्याउँछन्,  हेर्दै गए हुन्छ ।

    ओली सरकार नवसंशोधनवादी विचलन र गद्दारी भएको कारण देश संकटमा धकेल्लिएको छ। राष्ट्रघाती, जनघाती, निरंकुश, तानाशाही, अलोकतान्त्रिक, असंवैधानिक कदम चालेर प्रतिनिधिसभा विघटन गर्ने अधिनायकवादी संघीय गणतन्त्र नेपालको हत्यारा इतिहासकै नालायक पात्र प्रधानमन्त्री केपी ओली र राष्ट्रपति बिद्या भण्डारी हुन् भन्नेमा कुनै शंका छैन।

    लोकतान्त्रको अभ्यास नै बहुमतिय प्रणाली हो । पार्टी र संसदमा सामना गर्न नसकेर संसद विघटन गर्नु सर्वसत्तावादी चिन्तनको प्रकाष्ट भएको छ। शक्तिको दुरुपयोग गरेर संघीय गणतन्त्र नै धरापमा पर्ने काम ओली र महामहीम राष्ट्रपतिले गरेको कुरा छर्लङ्ग छ। यसका विरुद्धमा सिंगो अनेरास्ववियूले प्रतिकार गर्छ र गर्दै जानेकुरा समेतको जानकारी दिन चाहन्छु ।

    हामी संघीय गणतन्त्रको रक्षाका लागि निरन्तर आन्दोलनको नेतृत्व गरिरहने छौ । अनेरास्ववियू लाखौंलाख विद्यार्थीहरुको ढुकढुकी मात्र हैन, सडकको बाघ हो।

    जब देशमा यस्तै खालका सर्वसत्तावादी, अधिनायकवाद ,निरंकुशताको जन्म हुन्छ तब अनेरास्ववियू सडकमा जान्छ र ओली र विद्या जस्ता दलाललाई सडकमै ल्याउने छौँ ।ओली संघीय गणतन्त्रको बिरोधी हुन भन्ने कुरा इतिहासमै दर्ज भएको छ ।

    ओलीले संघीय गणतन्त्रका विरुद्धमा बोलेका अनेकौं भिडियोहरु अहिले पनि सुरक्षित छन् ।

    कम्युनिस्टको नेतृत्वमा भएका जनयुद्ध वा जनआन्दोलनमा ओलीको भुमिका प्रतिगमनकारी नै थियो,जुन आज आएर प्रस्टै भएको छ । ओलीको रुप नवसामान्तको रुपमा जन्मेको नालायक अधिनायकवादी अहंकार हो । यसका विरुद्धको लडाइँ अनेरास्ववियूले गर्नेछ र सबैको साथ अनि समर्थको अपिल समेत गर्दछु ।

    (लेखक अनेरास्ववियू केन्द्रीय सदस्य तथा तिला कर्णाली बहुमुखी क्याम्पस कालिकोटका स्वबियु सभापति पनि हुन। यो उनको निजी बिचार हो )

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार