Online Nepal
  • बिहिबार, ३ माघ २०८१
  • राष्ट्रपतिसँग चिनियाँ कम्युनिष्ट टोलीको आग्रह : नेकपाको पुनः एकताका लागि पहल गरिदिनुस्

    राष्ट्रपतिसँग चिनियाँ कम्युनिष्ट टोलीको आग्रह : नेकपाको पुनः एकताका लागि पहल गरिदिनुस्

    अनलाइन नेपाल
  • आइतबार, १२ पुष २०७७
  • 2.1K
    SHARES

    काठमाडौं । नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीको प्रतिनिधि मण्डलले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेको छ ।

    आज दिउँसो साढे १ बजेतरि काठमाडौं आएको चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभाग उपमन्त्री कुओ येचौको नेतृत्वको चार सदस्यीय टोलीले राष्ट्रपतिसँग भेटवार्ता गरेको हो ।



    राष्ट्रपति भवन शितल निवासमा पुगेर नेपालमा रहेको प्रतिनिधि मण्डलले भण्डारीसँग साँझ ५ बजेदेखि ६ बजेसम्म भेट गरेको बताइएको छ ।

    भेटका क्रममा चिनियाँ प्रतिनिधिमण्डलले आफ्ना राष्ट्रपति सी चिनफिनको सन्देश सुनाएको थियो ।

    राष्ट्रपति सीले नेकपा फुट नचाहेको, एकताका लागि सहजीकरण गर्न चाहेको र राष्ट्रपति भण्डारीले पनि नेकपा एकताका लागि पहल गरिदिन आग्रह गरेको स्रोतको दावी छ ।

    चिनियाँ प्रतिनिधि मण्डलले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भोलि भेट गर्ने बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार