Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • निरपेक्षता, गणतन्त्र र संघीयता नेपाली जनताको भावनाबाट आएको हैन : अध्यक्ष थापा

    निरपेक्षता, गणतन्त्र र संघीयता नेपाली जनताको भावनाबाट आएको हैन : अध्यक्ष थापा

    अनलाइन नेपाल
  • आइतबार, १२ पुष २०७७
  • 2.6K
    SHARES

    काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पछिल्लो राजनीतिक घटनाक्रमलाई सहि बाटोमा ल्याउन ताजा जनादेशमा जानुपर्ने बताएका छन् ।

    वीरगञ्जमा अअज राप्रपाले गरेको प्रदर्शनपछिको सभालाई सम्बोधन गर्दै अध्यक्ष थापाले भने–‘२०६२÷६३ पछि मुलुकले गलत बाटो लिएको हुँदा ताजा जनादेशमा गएर त्यसलाई सच्याउनुपर्छ ।’



    कार्यक्रममा उनले भने–‘जनताले यो बुझ्दै आएका छन् कि धर्म निरपेक्षता, गणतन्त्र र संघीयता नेपाली जनताको भावनाबाट आएको हैन, विदेशीको एजेन्डा रहेछ, बाटो र नीति परिवर्तन गर्नुपर्ने आवश्यकता छ । त्यसका लागि ताजा जनादेशमा जानुपर्ने छ ।’



    दुई तिहाइ बहुमतनजिक मत पाएर पनि नेपाल कम्युनिष्ट पार्टीले वाचा अनुसार काम गर्न र परिवर्तनको अनुभूति दिन नसकेको भन्दै थापाले उनीहरुमा इमान्दारिता र दूरगामी सोचाइ नभएको पुस्टि भएको जिकिर गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार