Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

निरपेक्षता, गणतन्त्र र संघीयता नेपाली जनताको भावनाबाट आएको हैन : अध्यक्ष थापा

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पछिल्लो राजनीतिक घटनाक्रमलाई सहि बाटोमा ल्याउन ताजा जनादेशमा जानुपर्ने बताएका छन् ।

वीरगञ्जमा अअज राप्रपाले गरेको प्रदर्शनपछिको सभालाई सम्बोधन गर्दै अध्यक्ष थापाले भने–‘२०६२÷६३ पछि मुलुकले गलत बाटो लिएको हुँदा ताजा जनादेशमा गएर त्यसलाई सच्याउनुपर्छ ।’

कार्यक्रममा उनले भने–‘जनताले यो बुझ्दै आएका छन् कि धर्म निरपेक्षता, गणतन्त्र र संघीयता नेपाली जनताको भावनाबाट आएको हैन, विदेशीको एजेन्डा रहेछ, बाटो र नीति परिवर्तन गर्नुपर्ने आवश्यकता छ । त्यसका लागि ताजा जनादेशमा जानुपर्ने छ ।’

दुई तिहाइ बहुमतनजिक मत पाएर पनि नेपाल कम्युनिष्ट पार्टीले वाचा अनुसार काम गर्न र परिवर्तनको अनुभूति दिन नसकेको भन्दै थापाले उनीहरुमा इमान्दारिता र दूरगामी सोचाइ नभएको पुस्टि भएको जिकिर गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077