काठमाडौं , राष्ट्रपति विद्यादेवी भण्डारीले यही पुस १७ गतेका लागि राष्ट्रिय सभाको अधिवेशन आह्यवान गरेकी छन् ।
आइतबार राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले विज्ञप्ति सार्वजनिक गर्दै राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ९३ को उपधारा १ बमोजिम अधिवेशन आह्वान गरेको जानकारी गराएका हुन् ।
पुस १७ गते शुक्रबार दिउँसो ४ बजेका लागि राष्ट्रिय सभा अधिवेशन आह्यवान गरिएको छ ।
मन्त्रिपरिषद्को शुक्रबार राति बसेको बैठकले संघीय संसद् राष्ट्रिय सभाको हिउँदे अधिवेशन बोलाउन राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको थियो ।
संघीय संसदको प्रतिनिधिसभा भने प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले विघटन गरेकी छन् ।
Leave a Reply