Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

गोपीकृष्ण हल नजिकै खोलामा मोटरसाइकल खस्दा एक जनाको मृत्यु

काठमाडौं । चावहिलस्थित गोपीकृष्ण हल नजिकै एउटा मोटरसाइकल धोवीखोलामा खस्दा एक जनाको मृत्यु भएको छ ।

बा२६प ४०२१ नम्बरको मोटरसाइकल गएराति धोवी खोलामा खस्दा गम्भीर घाइते भएका मोटरसाइकल चालक सिन्धुलीको दुधौली–५ का २७ वर्षीय लोकबहादुर श्रेष्ठको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यसैबीच गुल्मीको रेसुङ्गामा ट्रकको ठक्करबाट २ जना पैदलयात्रीको मृत्यु भएको छ ।

ट्रकको ठक्करबाट मृत्यु हुनेमा गुल्मीको रेसुङ्गा नगरपालिका–१३ भगारीका २६ वर्षीय टोपबहादुर रजाली र २३ वर्षीय बालकृष्ण भुजेल रहेका छन् ।

बुटवलबाट खाद्यान्न बोकेर तम्घास तर्फ जाँदै गरेको ना५ख ३२०४ नम्बरको ट्रकले रेसुङ्गा नगरपालिका–१३ भगारीस्थित मसिने खोलामा आज बिहान करिब साढे २ बजेतिर ठक्कर दिंदा दुई जनाको मृत्यु भएको हो ।

ट्रकको ठक्करबाट उनीहरुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीले चालक र ट्रकलाई नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077