काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौँले विभिन्न ब्यक्तिलाई ठगी गरेको आरोपमा पक्राउ गरेका नामुद जग्गा दलाल सहदेव कक्षपतिको कनेक्सन हाइ-प्रोफाइल व्यक्तिहरुसँग रहेको खुलेको छ।
प्रहरीले महाशंकर रेग्मीको जग्गा ठगी गरी हडप्न खोजेपछि कक्षपतिलाई शनिबार पक्राउ गरेको थियो।
यो त एक उदाहरण मात्र हो। ठगी र जग्गासम्बन्धी उजुरीमा कक्षपतीलाई नियन्त्रणमा लिएर अनुसअन्धान थालिएको महानगरिय प्रहरी परिसर काठमाडौंका एक अधिकारीले वताए। उनले थुप्रै ब्यक्तिको जग्गा हडप्ने, मुद्दा दिने र अदालतमा मुद्दा दिएर सेटिङ गरी घरबारबिहीन पार्दै आएका छन् ।
उनीसँगै ठगीमा संलग्न रेवती ढकाल र बिष्णु श्रेष्ठलाई पनि प्रहरीले पक्राउ गरेकाे छ। कक्षपति भारतीय ठग नटबरलालकै शैलीमा शक्तिकेन्द्रको पहुँच देखाउनेमा पर्दछन् ।
कक्षपतिले नेपाल ट्रष्टको नाममा रहेको काठमाडौं प्लाजाको भवनको लिज सकिएपछि पनि अदालत मिलाउँछु भन्दै ब्यापारीसँग पैसा लिएका थिए। तर पछि अदालतले अन्तरिम आदेश नदिएपछि पीडितहरुले पैसा फिर्ता मागिरहेका थिए ।
काठमाडौं प्लाजाका ब्यापारीहरुले उनलाई मुद्दा जिताइदिन्छु भनेकाले रकम दिएका थिए । स्रोतका अनुसार यो प्रकरणमा कक्षपतिले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाका भाई प्रभुशमशेर राणालाई प्रयोग गरेका थिए।
तर, मुद्दा नजितेपछि कक्षपति सम्पर्कबिहीन भएका थिए । कक्षपति र प्रभुबीच बिबादित कयौ जग्गामा आर्थिक लेनदेन हुने गरेको एक पीडितले नाम उल्लेख नगर्ने सर्तमा वताए। बानेश्वरको आइपेक्स भवनमा रहेको कार्यालयमा प्रभु र कक्षपतिबीच मिटिङ हुने गर्दछ।
कक्षपति र प्रभुबीचको सम्बन्धका बारेमा प्रभुसँग प्रतिक्रियाका लागि सम्पर्क गर्न खोज्दा उनी सम्पर्कमा आउन चाहेनन्।
करिब १६ अर्ब ठगीको आरोप लागेका सुधिर बस्नेत पछिल्लो समय प्रभुसँग मिलेर अदालतबाट आफ्नो सम्पत्ति फर्काउने योजनामा छन् । त्यसका लागि उनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाका भाई प्रभु शमशेर राणालाई हात लिएका छन् ।
यता, न्युज २४ टेलिभिजनका मालिक अनिल जोशीसँग मिलेर समेत कक्षपतिले जग्गा दलाली धन्दा चलाएका थिए । राजधानीको न्युरोडमा रहेको शुक्रपथ सहकारीका सञ्चालकहरुले बचतकर्ताको रकममा रजाई गर्दै उक्त रकमबाट राजधानीको नैकापमा एक अर्बभन्दा बढी मुल्य पर्ने जग्गा खरिद गरेका थिए ।
सोही जग्गामा नक्कली पीडित बनेर कक्षपतिले न्यज २४ टेलिभिजन मार्फत ब्ल्याकमेलिङ गरेका थिए ।
टेलिभिजन प्रस्तोता रवी लामिछानेद्वारा सञ्चालित सिधा कुरा जनतासँग कार्यक्रममा देखाइदिने भन्दै सहकारी सञ्चालकलाई ब्ल्याकमेलिङ गरिएको थियो ।
सहकारी सञ्चालकहरुले न्युज २४ टिभिका मालिक अनिल जोशीलाई नै ‘हिडन’ पार्टनर बनाएपछि सहकारी सञ्चालकहरुले गरेको ठगीधन्दाको प्रोमो मात्रै बजाएर पछि भने डिलिट गरिएको ।
टेलिभिजनको तर्फबाट मध्यस्तकर्ता बनेका कक्षपति मिडियाको आडमा समेत ठगीधन्दा चलाउँदै आएका थिए । कक्षपतिले नेपाली कांग्रेसका उपसभापति विजय गच्छदारलाई भिनाजु नाता लगाउँदै ठगी गर्दै आएका थिए ।
कक्षपतिले महाराजगन्जका लक्ष्मण मास्केको रबी भवनको जग्गासमेत हडपेका थिए। रविभवनमा रहेको अमेरिकी दुतावासको ४५ रोपनी जग्गा लक्ष्मण मास्केले टेन्डर पारेर बिक्री गर्न खोज्दा कक्षपतिले कीर्ते गरी आफ्ना नाममा ल्याएका थिए।
उक्त जग्गा खरिद गर्न लगानी गर्ने अमृत शाक्य र सुर्वणलाल श्रेष्ठ यतिखेर कक्षपतिका कारण सडकमा आइपुगेका छन्।
कक्षपतिको सशस्त्र प्रहरी बलका प्रमुख सैलेन्द्र खनालसँग पनि उठबस रहँदै आएको छ। कुनै समय खनालले गच्छदारलाई सहदेव कक्षपतिसँगको सम्बन्धका कारण भिनाजु भन्ने गर्दथे । ललितपुरको छम्पीमा पनि कक्षपतिले प्रभुको नाम भजाउँदै बीसौं गरिबको जग्गा मुद्दा मामिला गरी हडपेका थिए ।
गरिबका जग्गा हडप्ने उनी बैंकमा तिनै जग्गा राखी ऋण लिएर नतिरेपछि कालोसूचीमा परेका फरार थिए । कक्षपतिबिरुद्ध अदालतले ३ महिना कैद संजाय तोके पनि उनी फरार थिए ।
Leave a Reply