Online Nepal
  • मंगलबार, १ माघ २०८१
  • ओलीलाई लक्षित गरी झाँक्रीले भनिन – म जतिबेला पनि मारिन सक्छु

    ओलीलाई लक्षित गरी झाँक्रीले भनिन – म जतिबेला पनि मारिन सक्छु

    अनलाइन नेपाल
  • आइतबार, १२ पुष २०७७
  • 3.2K
    SHARES

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाकी नेतृ रामकुमारी झाँक्रीले आफू जतिबेला पनि मारिने सक्ने बताएकी छिन् ।

    शनिबार सामाजिक सञ्जाल टिकटकमा लाइभ भिडियो मार्फत् भावुक हुँदै उनले यस्तो बताइन् । उनले राष्ट्रपति बिद्या भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई बर्बाद बनाएको बताएकी छिन् ।



    ओली र भण्डारीप्रति इंगित गर्दै जनताले चुनेका ब्यक्ति नै राजाभन्दा निरंकुश देखिएको बताएकी छिन् । संबिधानको चीर हरण गर्नेहरुलाई बालुवाटार र शितल निवासबाट गलहत्याएर निकाल्ने दिन आउने भन्दै त्यो बेला आफू नहुन पनि सक्छु भन्दै उनी भावुक बनिन् ।



    करिब एक घण्टा लामो लाइभमा उनले गाउँमा पार्टी सदस्यता लिन आफूले गरेको संघर्षदेखि राजतन्त्रमा राजकाज मुद्धासम्म भोग्नु परेको स्मरण गर्दै ओलीले जनतामाथि घात गरेको पनि बताइन् ।

    केपी ओलीले अरुलाई मान्छे नै नमान्ने भएका कारणले आज यो अवस्था सिर्जना भएको बताउँदै ओली र भण्डारीको निरंकुशता एक महिनामै अन्त्य गरिदिने चेतावनी दिएकी छिन् । नेपाल समाचार पत्रबाट

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार