Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • काठमाडौं उपत्यकामा २६७ जना कोरोना संक्रमित थपिए

    काठमाडौं उपत्यकामा २६७ जना कोरोना संक्रमित थपिए

    अनलाइन नेपाल
  • शनिबार, ११ पुष २०७७
  • 1.9K
    SHARES

    काठमाडौं । काठमाडौं उपत्यकामा एकैदिन २ सय ६७ जना कोरोना संक्रमित थपिएका छन्। गत २४ घण्टामा भेटिएका ५ सय संक्रमितमध्ये काठमाडौं उपत्यकामा मात्र २ सय ६७ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

    काठमाडौंमा २ सय ९, भक्तपुरमा १६ र ललितपुरमा ४२ जना संक्रमित भेटिएका हुन्। यो सँगै काठमाडौंमा कुल संक्रमितको संख्या ९६ हजार ७९ पुगेको छ। जसमध्ये १२ हजार ६ सय ५ जना उपचारपछि निको भएका छन् भने ४ सय ६० जनाको मृत्यु भएको छ। काठमाडौंमा अझै पनि ३ हजार १४ जना सक्रिय संक्रमित छन्।



    भक्तपुरमा हालसम्म ८ हजार ४ सय ९० जना संक्रमित उपचारपछि निको भएका छन्। ८ हजार ७ सय ७५ कुल संक्रमितमध्ये ९८ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। अझै पनि १ सय ८७ जना उपचाररत छन्।



    यस्तै ललितपुरमा कुल संक्रमितको संख्या १५ हजार ४१ पुगेको छ। १४ हजार ४ सय ५७ जना डिस्र्चाज हुँदा १ सय ४५ जनाको मृत्यु भएको छ। ललितपुरमा ४ सय ३९ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार