Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सडकबाट मान्छे टिपेर मन्त्रिमण्डल विस्तार गर्ने यो कहाँको परम्परा हो?

काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि सडकदेखि न्यायालयसम्म याे असंवैधानिक कदम हाे भन्दै विराेध भइरहेकाे छ।

साेही क्रममा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रश्न गरेका छन्।

संसद् विघटनपछि शुक्रबार साँझ मन्त्रिमण्डल विस्तार गरेका प्रधानमन्त्री ओलीलाई पूर्वप्रधानमन्त्री डा. भट्टराईले यो कहाँको विधि र पम्परा हो भनेर प्रश्न गरेका हुन्।

‘आफैं असंवैधानिक ढंगले संसद् विघटन र चुनावको घोषणा गर्ने अनि सडकबाट मान्छे टिपेर मन्त्रीमण्डल विस्तार र पुनर्गठन गर्ने,’ डा. भट्टराईले ट्विटरमार्फत प्रश्न गरेका छन्, ‘यो कहाँको विधि र परम्परा हो?’

उनले अगाडि लेखेका छन्, ‘सत्ता अकंटक चलाउने ध्येय स्पष्ट भएन र? ज्ञानेन्द्रले गरेको यै हैन र ? संविधान/लोकतन्त्रमाथि यस्तो खेलबाड हुॅदा चूप बस्ने हामी कि ओली मूर्ख ?’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077