Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रचण्डलाई भेटेर खुमलटारबाट फर्किए वामदेव

काठमाडौं । नेकपा उपाध्यक्ष वामदेव गौतमले आज बिहानै खुमलटार पुगेर पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन् । गौतम प्रचण्डसँग छलफल गरेर निवास फर्किसकेका छन् ।

प्रचण्डले गौतम आफ्नै समूहमा आउने बिहीबाररको केन्द्रीय कमिटी बैठकमा बताएका थिए । तर गौतमले भने अहिलेसम्म कता लाग्ने भनेर मुख खोलेका छैनन् । प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि उनी संवादमै रहेको निकट स्रोतले जनाएको छ ।

गौतमलाई नवौं महाधिवेशनसम्म साथ दिँदै आएका किरण गुरुङ, रघुवीर महासेठ, गणेश ठगुन्ना, लालवहादुर थापा, पद्मा अर्याल, भुपेन्द्र थापालगायतका नेताहरु भने अ‍ोलीतिर लागेका छन्। केशवलाल श्रेष्ठ, बलराम बास्कोटाहरु भने प्रचण्ड–माधव पक्षको बैठकमा सहभागी भएका छन् । अब वामदेव दम्पतीले मात्र कित्ता प्रष्ट पार्न बाँकी छ ।

पार्टी विभाजनपछि उनी खुमलटार र बालुवाटार कतै गएका थिएनन् । उनलाई आफ्नो पक्षको बैठकमा आउनका लागि आग्रह गर्दै माधवकुमार नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठ भैंसेपाटीस्थित निवासमै पनि पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077