Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

ओली पक्षले लगाएकाे ताला प्रचण्ड-माधव समुहका युवाले फुटाले

चितवन । नेकपा पार्टी कार्यालय चितवनमा ओली समुहका कार्यकर्ताले लगाएकाे ताला प्रचण्ड–माधव नेपाल समुहका कार्यकर्ताले फुटालेका छन् ।

पार्टी कार्यालयमा कोई नभएको मौका छोपी ओली पक्षधर युवा नेताहरुले तालाबन्दी गरेका थिए । कार्यालयमा कोही नभएको बेला गरिएको तालाबन्दी अनैतिक रहेको भन्दै प्रचण्ड-माधव समुहका युवा कार्यकर्ताले फुटालेका हुन् ।

नेकपा ओली तथा प्रचण्ड माधव समुह दुई पक्षमा बाँडिएपछि विभिन्न पाटी कार्यालयहरुमा ईतर समुहले तालाबन्दी गर्दै आएका छन् ।

यता अनेरास्ववियु चितवनका अध्यक्ष प्रकाश आचार्यले साविक एमालेको पार्टी कार्यालय रहेको मदन आश्रति भवनलाई कुनै एक पक्षको गुटको कार्यालय बनाइएकोले ताला लगाइएको बताएका थिए।

पार्टीको आधिकारिताका विषयमा भने निर्वाचन आयोगले अहिले सम्म केही निर्णय लिन सकेको छैन् । यता भने दुवै पक्षले भने नेकपा वैधानिक तवरले आ–आफ्नो पार्टी रहेको दाबी गर्दै आईरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077