Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • भौतिक कारबाहीकाे धम्की दिँदै चन्दा माग्ने विप्लव समूहका ३ जना पक्राउ

    भौतिक कारबाहीकाे धम्की दिँदै चन्दा माग्ने विप्लव समूहका ३ जना पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, १० पुष २०७७
  • 3.1K
    SHARES

    काठमाडाैं । महानगरीय अपराध महाशाखाले प्रतिबन्धित विप्लव समूहका ३ जना कार्यकर्तालाई पक्राउ गरेकाे छ ।

    पक्राउ पर्नेमा दोलखा तामाकोशि गाउँपालिका-४ घरभइ काठमाडाैंकाे बनस्थलि बस्ने ४३ वर्षका पुर्ण बहादुर श्रेष्ठ, ओखलढुङगा चम्पादेबि गाउँपालिका-१० घरभइ ललितपुर ईमाडोल बस्ने ४१ वर्षका नारन बहादुर तोलाङ्गी र दोलखाकाे भिमेश्वर नगरपालिका-६ घरभइ काठमाडाैंकाे स्वयम्भु बस्ने ३५ वर्षका सरोज प्रसाद ‍न्यौपाने रहेका छन् ।



    उनीहरूले काठमाडाैं उपत्यका लगायत बिभिन्न स्थानका व्यवसायीहरुलाई फोन गरी धम्कि दिँदै चन्दा माग्ने गरेका थिए ।



    महाशाखाका अनुसार उनीहरूले विप्लव समूहकाे अखिल नेपाल क्रान्तिकारी ट्रेड यूनियन महासंघ काठमाडाैं जिल्ला समितिका अध्यक्ष, काठमाडौं जिल्ला सदस्य र गणतात्त्रिक सम्पर्क मञ्च समन्वय समितिको केन्द्रिय सदस्य हुँ भनि चन्दा माग गर्ने र भौतिक कारवाही समेत गर्ने भनि ब्यवसायिहरुको कार्यालय तथा घरमा गई जबरजस्ती रकम माग्ने गरेका थिए ।

    यस सम्बन्धमा थप अनुसन्धान भइरहेकाे महाशाखाले जनाएकाे छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार