Online Nepal
  • बिहिबार, ३ माघ २०८१
  • जनमतको ख्याल गर्न सर्वोच्च अदालतलाई योगेश भट्टराईकाे आग्रह

    जनमतको ख्याल गर्न सर्वोच्च अदालतलाई योगेश भट्टराईकाे आग्रह

    अनलाइन नेपाल
  • शुक्रबार, १० पुष २०७७
  • 2.4K
    SHARES

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेता योगेश भट्टराईले संसद विघटनको विषयमा जनमतको ख्याल गर्न सर्वोच्च अदालतलाई आग्रह गरेका छन् ।

    प्रचण्ड–नेपाल समूहका नेताहरुको अगुवाईमा माइतीघरदेखि निर्वाचन आयोगसम्म भएको प्रदर्शनका क्रममा भट्टराईले प्रतिनिधिसभा विघटनको विषयमा निर्णय लिँदा संविधान र कानुनको साथसाथै जनमतको ख्याल गर्न सर्वोच्च अदालतलाई आग्रह गरेका हुन् ।



    संसद पुनर्स्थापना घोषणा नहुँदासम्म र वालुवाटारमा आफूहरुले चुनेको प्रधानमन्त्री नबस्दासम्म सडक नाछाड्ने बताउँदै उनले अब छिट्टै आफूहरुको समूहबाट प्रधानमन्त्री चयन हुने बताए ।

    भट्टराईले संसदको बैठक आह्वान गर्न सभामुख अग्निप्रसाद सापकोटालाई आग्रह पनि गरेका छन् । उनले दुई तिहाई सांसद संसद विघटनको विपक्षमा रहेको भन्दै जनमतलाई हेरेर सदन बोलाउने निर्णय लिन सभामुखलाई सुझाव दिएका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार