Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

ओलीमाथि प्रचण्डको प्रहार:बाग्मतीका मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वासको प्रस्ताव

काठमाडाैँ । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव लिएर संसदहरु प्रदेशसभा सचिवालयमा पुगेका छन्।

संसदीय दलका उपनेतासमेत रहेका सामाजिक विकासमन्त्री शालिकराम जमरकट्टेलको नेतृत्वमा अविश्वासको प्रस्ताव दर्ता गराउन लागिएको हो।

मुख्यमन्त्री पौडेल प्रधानमन्त्री केपी शर्मा ओली निकट हुन्। स्राेतका अनुसार प्रचण्ड-माधव नेपाल समुहकाे याेजनामा मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्न लागिएकाे हाे।

सरकारले गत मंगलबार संसद विघटन गरेर मध्यावधि चुनाव घोषणा गरेको थियो ।

अपडेट
पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भइसकेको छ ।

नेकपा प्रचण्ड–माधव समूहका ४५ सांसदले प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता गरेका हुन् ।

शालिकराम जम्मरकट्टेल प्रस्तावक र अरुण नेपाल समर्थक रहेको अविश्वासको प्रस्तावमा पौडेललाई पदमुक्त गरेर अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्री बनाउन प्रस्ताव गरेका छन् ।

बागमती प्रदेशसभा ११० सदस्यीय छ । सरकार सन्चालनका लागि ५६ सिट चाहिन्छ । नेकपाका सांसद मात्रै ८० जना छन् ।

तीमध्ये प्रचण्ड–माधव नेपाल पक्षीय सांसदको संख्या ४६ छ । केपी शर्मा ओली निकट सांसद ३४ जना छन् ।

कांग्रेस २२, विवेकशील साझा ३ र अन्य ५ जना सांसद बागमती प्रदेशमा छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077